६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले गर्‍यो लामो दूरीसम्म मार हान्ने मिसाइलको सफल परीक्षण

भारतले लामो दूरीसम्म मार हान्न सक्ने हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ। शनिबार ओडिशाको डा.एपीजे अब्दुल कलाम टापुबाट मिसाइलको सफल परीक्षण गरिएको रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्। 

भारतको सशस्त्र बल र रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)लाई बधाई दिँदै रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्, ‘भारतले ओडिशाको डा.एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको छ।’

भारतका लागि ऐतिहासिक क्षण भन्दै उनले लेखेका छन्, ‘यस महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्त्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ।’

प्रकाशित: २ मंसिर २०८१ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App