२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प राष्ट्रपति भएपछि रुससँगको युद्ध ‘छिट्टै अन्त्य’ हुनेमा जेलेन्स्की विश्वस्त

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। 

उनले भनेका छन्, ‘म विश्वस्त छु कि डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध जति चाँडै समाप्त हुनुपर्थ्यो त्यो भन्दा पहिला नै अन्त्य हुनेछ।’ 

शुक्रबार, युक्रेनको सरकारी रेडियोलाई दिएको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन्। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन वार्ताका क्रममा आफूसँग ‘रचनात्मक संवाद’ भएको पनि बताए। 

उनले भने ‘अमेरिका युद्ध अन्त्य गर्ने सवालमा वार्तामा मध्यस्थकर्ता मात्र होइन, यो युक्रेनलाई ठूलो सहायता प्रदान गर्ने र वार्तालाई प्रोत्साहित गर्ने देश पनि हो।  

प्रकाशित: २ मंसिर २०८१ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App