८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हङ्गेरीमा पुनः प्रधानमन्त्री अर्बानकै पार्टी विजयी

बुडापेस्ट- हङ्गेरीमा भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ।प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका छन्।

निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९।४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ।त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी सोसोलिष्ट डाइलग पार्टीले १२/१३ प्रतिशत मत प्राप्त गरेको छ।

त्यस्तै ६।६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५।४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके डेमोक्रयाटिक कोलिसन पनि संसदमा उपस्थित भएका छन्।पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ।

सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो।
यसपछि हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ।

प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आएकामा  अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन्।हङ्गेरीमा आमनिर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्रहरु तोकिएका थिए।रासस

प्रकाशित: २६ चैत्र २०७४ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App