अमेरिकाको रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा निर्वाचन लडेका डोनाल्ड ट्रम्पले सात वटै स्विङ्ग राज्यमा जित हात पारेका छन्।
यसअघि ६ स्विङ्ग राज्यमा जित हात पारिसकेका ट्रम्पले एरिजोनामा पनि जित हासिल गरेका छन्। जितसँगै ट्रम्पले कुल ३१२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन्। त्यस्तै डेमोक्रेट उम्मेदवार कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज मत हासिल गरेकी छिन्।
बीबीसीका अनुसार अमेरिकाको दक्षिण–पश्चिममा स्थित एरिजोनामा चार दिनसम्म मतगणना भएको थियो। जसको अन्तिम नतिजा आज बिहान सार्वजनिक गरिएको हो।
५ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले जित हात पार्दै दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्।
प्रकाशित: २५ कार्तिक २०८१ ०९:५७ आइतबार