नयाँ दिल्ली- भारतीय क्रिकेट लेग (आइपीएल) को ११ औं संस्करण आज साँझबाट सुरु हुदै छ।
आईपिएल मा आजको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
तर खेल सुरु हुनु भन्दा अघिको उद्घाटन समारोहमा अभिनेता ऋतिक रोशन, बरुण धावन र ज्याक्लिन फर्नानडेजले प्रस्तुती दिने छन्।
तीनैजना कलाकारहरुले आफ्ना टोली सहित आफ्नो प्रस्स्तुती राख्ने भारतीय संचार माध्यमले जनाएका छन्।
उद्घाटन समारोह मुम्बई स्थित बन्खेड रंगशालमा साझ ६:१५ बजे शुरु हुनेछ भने खेल नेपाली समय अनुसार बेलुकी ८ बजेपछि सुरु हुनेछ।
प्रकाशित: २४ चैत्र २०७४ १२:४३ शनिबार