दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा कैदीहरूबीच झगडा हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। देशको सबैभन्दा ठूलो जेलमा भएको सो झडपमा परेर १४ जना घाइते भएका छन्।
ग्वायाकिलको तटीय शहरमा रहेको लिटोरल जेल बारम्बार दंगा र सामूहिक हत्या हुने स्थलका रुपमा परिचित छ। यसअघि सन् २०२१ मा झडप हुँदा ११९ कैदीहरूको ज्यान गएको थियो।
अधिकारीहरूले जेललाई नियन्त्रणमा लिन प्रहरी र सेनालाई तैनाथ गरिएको जानकारी दिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कैदीका आफन्तहरू जेल बाहिर जानकारी लिनका लागि भेला भएका छन्।
प्रकाशित: २८ कार्तिक २०८१ १०:२२ बुधबार