नेकपा एमाले कालीकोटले पाइला अभियान सुरु गरेको छ। एमाले कालीकोटले पार्टी निर्माण व्यवस्थापन परिचालन र जागरणको लागि पाईला अभियान सुरु गरेको हो।
कार्तीक २८ गतेदेखि मंसिर ७ गते सम्म जिल्लाका सबै पालिकामा दश दिने पार्टी र्निमाण व्यवस्थापन परिचालन र जागरण अभियानको सुरुवता गरेको एमाले कालीकोटका उपसचिव पवित्रकुमार शाहीले जानकारी दिए।
अन्य पार्टीसँग वार्ता संवाद तथा पार्टी विस्तारको लागि वार्ता टोली गठन, तिलागुफा-४ को उपनिर्वाचनमा परिचालन तथा समन्वय कमिटी गठन, विभिन्न पालिकामा भएको ढिलासुस्ती भ्रष्ट्राचार तथा सरकारी सम्पत्तीको अपचलन रोक्न पालिका कमिटिको नेतृत्वमा खबदारीसभा गर्ने निर्णय,सबै पालिका जोड्ने सडकहरु अत्यन्तै जोखिमपूर्ण र दुर्घटनाग्रस्त भएकोले तत्त्काल आवश्यक मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानआकर्षण गर्ने गरी विभिन्न निणर्यका साथ पाईला अभियानको सुरुवात गरिएको एमाले कालीकोटले जनाएको छ।
पाइला अभियानले पार्टी भित्रको अन्तर द्धन्द्धलाईसमेत एकरुप्ता गर्ने गरी अभियानको सुरुवात भएको बताइएको छ।
अभियानमा नेकपा एमाले कालीकोटका जिल्ला अध्यक्ष तुलाराज मल्ल, पार्टी केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनल, नेता कुर्मराज शाही, जसीप्रसाद पाण्डे, दयाराम सिम्खाडालगाएतको नेतित्वमा पाईला अभियानको सुरुवात भएको छ।
प्रकाशित: २९ कार्तिक २०८१ ११:३५ बिहीबार