२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मिल्टन तुफानका कारण अमेरिकामा १६ जनाको मृत्यु, तीस लाख बढी घरमा बिजुली र पानीको लाइन काटियो

अमेरिकामा मिल्टन तुफानका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ। बुधबार आएको उक्त तुफानका कारण बिहिबार १० जनाको मृत्यु भएसँगै अहिलेसम्म १६ जनाको मृत्यु भएको हो। 

तुफानका कारण थप मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। फ्लोरिडाको एक अपार्टमेन्टबाट करिब ४ सय मानिसको उद्धार गरिएको छ। 

उक्त अपार्टमेन्टमा करिब २ हजार मानिस रहेको बताइएको छ। बुधबार आएको मिल्टन आँधीले फ्लोरिडामा क्षति पुर्‍याएको हो।जसका कारण ३० लाखभन्दा बढी घरको बिजुली काटिएको छ भने पिउने पानीको पनि समस्या भएको छ।

प्रकाशित: २५ आश्विन २०८१ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App