१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल-इरान युद्ध: पछिल्लो २४ घण्टामा भएका प्रमुख ६ घटना

इरानले मंगलबार राति इजरायलमा सयौँ मिसाइल प्रहार गरेको समाचारहरु बाहिरिएका छन्।

यद्यपि यीमध्ये अधिकांश मिसाइल भने इजरायली सेनाले निष्कृय बनाएको दाबी सेनाले गरेको छ। केही भने इजरायली भूमिमा खसेका छन्।

इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। आक्रमणपछि दुवै देशले एकअर्काप्रति बद्ला लिने प्रण गरेका छन्। पछिल्लो २४ घण्टामा के के भयो त ?

पहिलोः लेबनानको भूमिमा आक्रमण सुरु गर्दै इजरायली सेनाले सीमावर्ती गाउँहरूमा स्थानीय हिजबुल्लाह आतंककारीसमूह लक्षित कारबाही थाल्यो। हिजबुल्लाहले बुधबार बिहानै इजरायली सेनाको आक्रमणलाई निस्तेज बनाएको दाबी गर्यो।

दोस्रोः इरानले इजरायलमा मिसाइल आक्रमणको तयारी गरेको खबरपछि इजरायली सेनाले आफ्ना नागरिकलाई साइरन बजेको सुनिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्यो।

तेस्रोः इजरायलले इरानी हमलाको तयारी गरिरहँदा तेल अवीवको एक सडकमा भीषण गोलाबारीको आवाज सुनियो । उक्त घटनामा कम्तिमा सात जना मारिएको र अरू धेरै घाइते भएको खबर प्राप्त भयो । दुई आक्रमणकारी जवाफी कारबाहीमा मारिए ।

चौथोः लगत्तै इरानले इजरायलमा ठूलो मिसाइल आक्रमण सुरु गर्‍यो । तर इजरायली सेनाले इरानले प्रहार गरेका १८० वटा रकेटमध्ये अधिकांशलाई निष्कृय बनाएको दाबी गर्यो । वेस्ट बैंकमा एक प्यालेस्टाइनी मारिएको तथा मध्य इजरायलको एउटा स्कूल र तेल अविवको रेस्टुरेन्टमा आक्रमण भएको खबर आयो ।

पाँचौः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । आफ्ना शत्रुहरू विरुद्ध बदला लिने उनको संकल्प थियो । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई अमेरिकी समर्थन दोहोर्याए ।  

छैठौंः बेरुतमा आक्रमण रातभर जारी रह्यो । हिजबुल्लाहको गढ मानिएको दहिह क्षेत्रमा आक्रमणको तयारी स्वरुप इजरायली सेनाले घरहरु खाली गर्न स्थानीयलाई आदेश जारी गर्‍यो ।

प्रकाशित: १६ आश्विन २०८१ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App