६ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा

जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा नियुक्त हुने भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार पूर्व रक्षा मन्त्री समेत रहेका शिगेरू जापानको नयाँ प्रधानमन्त्री बन्ने तय भएको हो।

शुक्रवार जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र देशको नेतृत्व गर्नका लागि शिगेरूलाई चुनिएको हो।

वर्तमान सत्ताधारी एलडीपीका नेता शिगेरूलाई प्रधानमन्त्री बनाउन लगभग तय भएको रोयटर्सले बताएको छ।

जापानको लोकतान्त्रिक व्यवस्थामा संसदको तल्लो सदनलाई शक्तिशाली मानिन्छ। र,  शिगेरूको पार्टीको तल्लो संदनमा बहुमत रहेको छ।

फुमियो किशिदाले राजीनामा दिएपछि अब शिगेरूले जापानको सत्ता सम्हाल्ने छन्।

प्रकाशित: ११ आश्विन २०८१ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App