१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एमपक्स सङ्क्रमण पुष्टि

भारतमा एमपक्स सङ्क्रमण पुष्टि भएको छ। केन्द्र सरकारले सोमवार एमपक्सको पहिलो सङ्क्रमण पुष्टि भएको बताएको हो।

एमपक्स भाइरस प्रभावित देशबाट यात्रा गरेर आएका एकजना व्यक्तिमा एमपक्सको सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त व्यक्तिमा पश्चिम अफ्रीकी क्लेड–२ नामक एमपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

तर, मन्त्रालयले बिरामीको बारेमा थप खुलाएको छैन। ती व्यक्ति कुन मुलुक र भारतको कुन राज्यका हुन् भन्ने गोप्य राखिएको छ।

केही समय अघि मात्रै मध्य र पूर्वी अफ्रीकामा एमपक्स तीव्र गतिमा फैलिन थालेपछि  विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

एमपक्स सङ्क्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, शरीर सुन्निने, पिठ्यूमा दुखाई र मांसपेशीहरूमा पनि दुखाई हने गर्छ।

प्रकाशित: २५ भाद्र २०८१ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App