२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर फ्रान्सद्वारा तेल अभिव र बेरुतका उडानहरू रद्द

इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आजसम्मका लागि  तेल अभिव र बेरुतका लागि आफ्ना निर्धाति उडानहरू रद्द गरेको छ।

मध्यपूर्वको अवस्थाको आधारमा सोमवारसम्मका लागि उडानहरू रद्द गरिएको एयर फ्रान्सले जनाएको छ।

सामान्यतया दुवै सहरका लागि दैनिक सेवा सञ्चालन गर्ने एयर फ्रान्सले पहिला नै जुलाई २९ देखि अगस्ट १५ को बीचमा बेरुतका लागि उडानहरू रोकेको थियो।

दुवै गन्तव्यमा सेवा दिने एयर फ्रान्सको सहायक कम्पनी ट्रान्सभियाले पनि आफ्ना उडानहरू रोकेको एयर फ्रान्सले बताएको छ।

दुवै गन्तव्यका लागि सेवा पुनः सुरु गर्न सुरक्षा स्थितिको नयाँ आँकलनको परिणाममा निर्भर रहने एयर फ्रान्सले जनाएको छ।

जर्मन एयरलाइन्स लुफ्थान्साले शुक्रवार उसको बेरुत उडानको निलम्बनलाई सेप्टेम्बरको अन्त्यसम्म बढाएको छ। एयरलाइन्सले सेप्टेम्बर २ सम्म तेल अभिव र तेहरानका लागि उडान नभर्ने बताएको छ। रासस 

प्रकाशित: १० भाद्र २०८१ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App