१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले लञ्च गर्‍यो नयाँ रकेट, प्राकृतिक विपतबारे दिनेछ जानकारी

भारतले नयाँ रकेट लञ्च गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रवार आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट एसएसएलवी–डी३/ईओएस–०८ मिशनको तेस्रो उडानको लञ्च गरेको हो।

बीबीसीका अनुसार इसरोको उक्त मिशनको सफल भएमा त्यसले प्राकृतिक विपत्सँग सम्बन्धी जानकारीहरू प्राप्त गर्नमा सहज हुने र ठूलो जनधनको क्षतिबाट जोगिन सकिने अपेक्षा गरिएको छ।

रकेट लञ्च गर्दै इसरो प्रमुख एस सोमनाथले योजना अनुसार रकेटलाई उसको कक्षमा स्थापित गरिएको बताए। उनले हाल सबै राम्रो अवस्थामा रहेको र यो सफल भएमा प्राकृतिक विपत्सँग सम्बन्धी घटनाबारे जानकारी हासिलमा ठूलो योगदान पुग्ने बताए।

प्रकाशित: ३२ श्रावण २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App