४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने जापानी प्रधानमन्त्री किशिदाको घोषणा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।

किशिदा सन् २०२१ मा लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए। उनको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ।

उनी चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्ने अनुमान गरिएको छ। कारण, संसदको दुवै सदनमा एलडीपीको बहुमत छ।

पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त भएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ।

उनले सेप्टेम्बरमा हुने मतदानमा भाग नलिने घोषणा गर्दै आफ्नो पार्टी देश हितका लागि परिवर्तन भइरहेको देखाउनका लागि नयाँ नेताको लागि अनुमति दिएका हुन्। किशिदाले नयाँ निर्वाचित नेतालाई समर्थन गर्ने पनि बताएका छन्।

यस वर्षको सुरुमा भएको स्थानीय चुनावमा हारले उनको प्रभाव कमजोर बनेकोे र एलडीपीका सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा आवाज उठाएका समय प्रधानमन्त्री किशिदाको यो निर्णय आएको हो।

भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि, किशिदाले धेरै मन्त्री र अन्यलाई पार्टी कार्यकारी पदबाट हटाएर पार्टीमा देखिएका गुट उपगुटहरू विघटन गरेका छन्। यसलाई राजनीतिक वृत्तमा पैसाको लागि अनुकूल राजनीतिको स्रोतको रूपमा आलोचना गरिएको थियो। उनको नेतृत्वमा राजनीतिक कोष नियन्त्रण कानूनलाई कडा बनाउने कानून पारित भएको छ।

सुधारका कैयौँ प्रयासबीच पनि उनको नेतृत्वको सरकारप्रतिको समर्थन भने कम हुँदै गएको छ। रासस

प्रकाशित: ३० श्रावण २०८१ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App