२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने छोराको भनाइ

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने उनका छोरा सजीब वाजेद वाजेदले बताएका छन्।

उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफुहरु बंगलादेश जाने बताएका हुन। हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा स्पष्ट छैन। तर उनका छोराले भने चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने दाबी गरिरहेका छन्।

बंगलादेशमा व्यापक अशान्तिपछि राजीनामा दिएर देश छोडेकी हसिना हात भारतमा बसिरहेकी छिन्। बंगलादेशी मिडियाका अनुसार, हसिनाविरुद्धको प्रदर्शनमा ५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। तीमध्ये धेरैलाई प्रहरीले गोली हानेको बताइएको छ। याे १९७१ को स्वतन्त्रता युद्धयता बंगलादेशले भाेगेकाे सबैभन्दा ठूलो हिंसा हो।

नोबेल पुरस्कार विजेता मुहम्मद युनूसको नेतृत्वमा रहेको सैन्य समर्थित अन्तरिम सरकार गठन भएको छ। वाजेदले उक्त सरकारलाई असंवैधानिक भनेका छन् र ९० दिनभित्र चुनाव गरिनुपर्ने बताउँदै आएका छन्।

बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा वाजेदले भनेका छन्, "मेरो आमा फेरि राजनीतिमा फर्किन्छिन् या फर्किन्नन्, त्यो निर्णय भएको छैन। उनी आफूलाई गरिएको व्यवहारबाट निकै थकित भएकी छिन्।"

उनले थपे, "यदि आज बंगलादेशमा स्वतन्त्र र निष्पक्ष चुनाव भयो भने, अवामी लिगले जित्छ भन्ने मलाई विश्वास छ।"

हसिनाले जनवरी २०२४ मा भएको विवादास्पद चुनावपछि लगातार चौथो पटक प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्। विरोधी दलहरूले उक्त चुनावलाई निष्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेका थिए।

प्रकाशित: २६ श्रावण २०८१ १७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App