१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पमाथि आक्रमण सुलेमानी हत्याको बदला! एकजना पक्राउ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड टरम्पमाथि भएको हत्या प्रयासमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईरानसँग सम्बन्ध राख्ने एकजना पाकिस्तानी नागरिक रहेका छन्।

बीबीसीका अनुसार पूर्व राष्ट्रपति ट्रम्प र केही राजनेताहरूको हत्याको योजना बनाउने आरोपमा आसिफ मर्चेन्टलाई पक्राउ गरिएको हो।

अमेरिकी सुरक्षा एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेले ट्रम्पमाथि हत्या इरानका सेना प्रमुख काशिम सुलेमानीको हत्याका लागि इरानले योजना बनाएर मर्चेन्टलाई जिम्मा दिएको बताएका छन्।

४६ वर्षी मर्चेन्टमाथि प्रमुख अमेरिकी राजनेताको हत्या गर्नका लागि न्यूयोर्कमा हत्या गर्ने योजनाकारको रुपमा पठाइएको आरोप क्रिस्टोफरले लगाएका छन्।

मर्चेन्टलाई गत जुलाईमा पक्राउ गरी न्यूयोर्कमै राखिएको छ भने ट्रम्पमाथि आक्रमण पछि उनको सुरक्षा कडा बनाइएको छ।

एफबीआईका अनुसार ट्रम्पको हत्यका लागि मर्चेन्ट गत जुनमा अमेरिका पुगेका थिए। योजना पश्चात उनी पाकिस्तान फर्किन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २३ श्रावण २०८१ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App