७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सका प्रधानमन्त्रीले दिएको राजीनामा अस्विकृत

फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले राजीनामा दिएका छन्। आइतवार सम्पन्न निर्वाचनको परिणामका बीच उनले दिएको राजीनामा भने राष्ट्रपति इम्यानुएल म्याक्रोले अस्विकार गरिदिएका छन्।

बीबीसीका अनुसार राष्ट्रपति म्याक्रोले तत्काललाई प्रधानमन्त्री पदमा रहिरहन एटललाई भनेका छन्।

राष्ट्रपति म्याक्राले देशको स्थिरताका लागि एटललाई प्रधानमन्त्री रहिरहन आवश्यक रहेको बताए।

फ्रान्सको चुनावमा म्याक्रोको एनसेन्बल पार्टीले दोस्रो स्थान हासिल गरेपछि एटलले राजीनामा दिएका थिए।

फ्रान्समा भएको निर्वाचनमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट पार्टीले सबैभन्दा धेरै सिट जितेको छ भने धुर दक्षिणपन्थी नेशनल रैली पार्टीले तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: २५ असार २०८१ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App