२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा वामपन्थी गठबन्धनले सरकार बनाउने निश्चित

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले नयाँ सरकार गठन गर्ने लगभग निश्चित देखिएको छ।

बीबीसीका अनुसार आइतवार भएको दोस्रो तथा अन्तिम चरणको निर्वाचनमा न्यू पपुलर फ्रन्टले १८८ सिटमा जित हासिल गरेर सब्रभन्दा अगाडी रहेको छ। फ्रान्समा नयाँ बन्ने सरकारमा उसको भूमिका निकै महत्त्वपूण हुनेछ।

न्यू पपुलर पार्टीका नेता ज्या–ल्यूक मेलेशोले फ्रान्समा अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री आफ्नो पार्टीबाट हुने बताए।

एक साता अघि भएको पहिलो चरणको निर्वाचनमा धुर दक्षिणपन्थी पार्टी नेशनल रैली बहुमतको तर्फ अघि बढेको थियो। तर, आइतवारको निर्वाचनमा दक्षिणपन्थी १४३ सिटका साथ तेस्रो स्थानमा सिमित बनेको छ।

५७७ संविधान सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रपति इम्यानुएल म्याक्रोको मध्यमार्गी गठबन्धन १६८ सिटका दिोस्रो स्थानमा रहेको छ।

फ्रान्समा बहुमतको सरकार गनका लागि २८९ सिटमा जित्नै पर्ने हुन्छ।

प्रकाशित: २४ असार २०८१ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App