१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हज गर्न गएका १४ जनाको मृत्यु

साऊदी अरबमा हज गर्न गएका १४ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ।

जोर्डनको विदेश मन्त्रालयले हज गर्न गएका आफ्ना १४ नागरिकको लू लागेर मृत्यु भएको र अन्य १७ जना बेपत्ता रहेको बताएको छ। बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।

समाचार संस्था एएफपीका अनुसार ईरानी रेड क्रिसेन्टले पाँचजना ईरानी हज यात्रीहरूको पनि गर्मीका कारण मृत्यु भएको छ। तर, उनीहरूको मृत्युको कारण भने खुलाइएको छैन।

हज विश्वकै सबैभन्दा ठूलो धार्मिक समारोहमध्येको एक हो। साऊदी अरबका अधिकारीहरूका अनुसार यसवर्ष १८ लाखभन्दा बढी मानिसले हज यात्रामा सहभागी जनाउने छन्।

साऊदी अरबमा ४६ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नाघेको छ। जसका कारण हज यात्रीसहित अन्यको जनजीवन पनि कष्टकर बनेको छ।

प्रकाशित: ३ असार २०८१ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App