३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटना हुँदा ४९ जनाको मृत्यु, १४० बेपत्ता

यमनमा शरणार्थी सवार डुङ्गा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनले दिएको जानकारी अनुसार हर्न अफ अफ्रिकाबाट यमन जादै गरेको डुङ्गा दुर्घटना हुँदा कम्तिमा १४० जना बेपत्ता भएका छन्।

सङ्गठनका अनुसार मङ्गलवार भएको उक्त डुङ्गा दुर्घृटनामा परी मृत्यु हनेमा ६ बालबालिका र ३१ जना महिला रहेका छन्। डुङ्गामा २०६ जना सवार थिए। जसमध्ये ७१ जनाको जीवितै उद्धार गरिएको छ। तीमध्ये ८ जनालाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको पनि बताइएको छ।

समाचार संस्था अल जजिराका अनुसार हर्न अफ अफ्रिका र पूर्वी अफ्रिकाबाट आएका शरणार्थीहरू यमन हुँदै साउदी अरब र अन्य देशमा जाने गर्छन्।

यसअघि गत अप्रिलमा पनि शरणार्थी सवार डुङ्गा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ३० जेष्ठ २०८१ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App