१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा हवाई आक्रमण,२१० प्यालेस्टाइनीको मृत्यु,४ सय बढी घाइते

शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।

ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ। आक्रमणमा परी ४ सय भन्दा बढी घाइते भएका छन्।

प्यालेस्टिनी मेडिकल रेकर्डकाे अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडित रहेका थिए।

मध्य गाजाको देइर अल-बालाहस्थित अल-अक्सा अस्पतालका निर्देशक खलिल अल-डाक्रानले नुसेइराट शिविर र देर अल शहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो।

जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ। मुख्य आपतकालीन जेनेरेटर चलाउन ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो।

प्रकाशित: २७ जेष्ठ २०८१ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App