१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राज्यसभामा प्रभाव बढाउँदै भाजपा

नयाँदिल्ली– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ। 

शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी हुँदै आफ्नो प्रभाव अझ बढाएको हो। भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ। 

यस निर्वाचनका मुख्य विजेतामा भारतका अर्थमन्त्री अरुण जेट्ली र भारतीय जनता पार्टीका प्रवक्ता जीभीएल नरसिंह राय रहेका छन्।

शुक्रबार राति अबेर निर्वाचनको नतिजा घोषणा भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘विभिन्न राज्यबाट राज्य सभामा निर्वाचित हुनु भएका सबैलाई हार्दिक बधाई छ, तपाईको संसदीय कार्यकालको पूर्णसफलताको कामना गर्दछु।’ 

भारतको निर्वाचन आयोगले गत फेब्रुअरीमा राष्ट्रियसभाका खाली भएका ५९ सिटका लागि निर्वाचन घोषणा गरेको थियो। 

त्यसको एक महिना पछि दश राज्यका ३३ जना उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो। ती मध्ये १६ जना भारतीय जनता पार्टीका रहेका थिए। 

प्रकाशित: १० चैत्र २०७४ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App