१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियामा हैजाबाट नौको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजाको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ। 

हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। 

बौची राज्यका पाँच ओटा जिल्लामा हैजाको प्रकोप फैलिएको छ। अहिलेसम्म झण्डै ३२४ जनालाई हैजा लागेको अधिकारीहरुले बताएका छन्। 

राज्यका स्वास्थ्य आयुक्त जुवैर हसनको अनुसार हैजाबाट प्रभावित बिरामीहरुलाई हेरचाह गर्नका लागि विशेष व्यवस्था गरिएको छ।
 
हैजाबाट प्रभावित मध्ये कम्तीमा २६ जनलाई अस्पताल भर्ना गरिएको छ भने उपचार सेवा सक्रिय पारिएको छ।
 
सररफाईमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुल्ला रुपमा दिसा, पिसाब गर्ने प्रचलनको कारण त्यस क्षेत्रमा हैजा फैलिएको आयुक्त हसनले बताए। 

त्यसैगरी पिउने पानी शुद्ध नभएकाले पनि हैजाका बिरामीहरु बढेको र अरुलाई सर्दै गएको अधिकारीहरुले बताएका छन्। 

प्रकाशित: १० चैत्र २०७४ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App