१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

भारतको मिजोरम राज्यमा आँधीसँगैको वर्षाका कारण गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार मिजोरजमको राजधानी आइजोलमा रेमल आँधीका कारण मङ्गलवार पहिरो खस्दा ठूलो जनधनको क्षति भएको हो।

मिजोरम सरकारको सूचना एवं जनसम्पर्क विभागका अनुसार पहिरोका कारण पानी र विद्युत सेवा ठप्प भएका छन्।

मिजोरममा रेमल आँधीका कारण ठूलो वर्षा हुँदैछ।

सरकारले आँधी र वर्षाको जोखिमलाई ध्यानमा राखी सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८१ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App