२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रहेनन् ईरानी राष्ट्रपति रईसी, हेलिकप्टर दुर्घटनामा विदेशमन्त्रीको पनि मृत्यु

ईरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएको पुष्टि भएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।

६३ वर्षीय राष्ट्रपति रईसीको मृत्युबारे ईरानको स्टेट मिडिया प्रेस टिभी र अर्ध आधिकारिक तास्निम एन्ड मेहर समाचार संस्थाले पनि मृत्युबारे पुष्टि गरेको छ।

राष्ट्रपति रईसीसँगै ईरानका विदेश मन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको बताइएको छ।

अजरबैजानसँग सम्बन्ध सुधारका लागि दुबै मुलुकले सीमा क्षेत्रमा संयुक्त रुपमा ड्याम निर्माण गरेको छ। जसको उद्घाटनका लागि रईसी अजरबैजान गएका थिए। अजरबैजानबाट ईरान फर्कने क्रममा उनको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर दुर्घटना भएको १७ घन्टा पछि ड्रोनको माध्यमबाट घटनास्थलको पत्ता लागेपछि उद्दारकर्ता टोली त्यसतर्फ गएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णमा जलेको अवस्थामा फेला परेको तथा कसैको पनि जीवित हुने सङ्केत नदेखिएको उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: ७ जेष्ठ २०८१ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App