२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा जलेको अवस्थामा भेटियो, राष्ट्रपति रईसीको जीवितै हुने सम्भावना न्यून

ईरानी राष्ट्रपति इब्राहिम रईसी सवार दुर्घटनाग्रस्त हेलिकप्टरको स्थान पत्ता लागेको छ। टर्कीको ड्रोनले हेलिकप्टर कहाँ दुर्घटना भएको थियो सो पत्ता लगाएको हो।

समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति रईसीको हेलिकप्टरको खोजीका लागि ड्रोन पठाएको थियो।

ड्रोनबाट भेटिएको भिडियो फुटेज ईरानी अधिकारीहरूलाई जिम्मा लगाइएको छ।

दुर्घटनाग्रस्त हेलिकप्टरको स्थान पत्ता लागेसँगै ईरानी सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन्। करिब १७ घन्टा पछि उद्दार टोली घटनास्थल पुगेका हुन्। उद्दारमा खटिएका अधिकारीहरूका अनुसार हेलिकप्टर पूर्ण रुपले जलेको अवस्थामा फेला परेको छ।

हालसम्म पनि राष्ट्रपति रईसीसहित अन्यको अवस्थाबारे कुनै जानकारी हासिल हुन नसकेको पनि उद्दार टोलीले जनाएको छ।

आइतवार ईरानी राष्ट्रपति रईसी र विदेश मन्त्री हुसैन अमीर–अब्दुल्लाहयान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।

ईरानका गृह मन्त्री अहमद वाहिदीले राष्ट्रपति रईसी र विदेश मन्त्री हुसैनको हेलिकप्टरमा सवार भएको पुष्टि गरेका हुन्।

ईरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि विश्व समुदायले चिन्ता व्यक्त गर्दै उनको सकुशलताको लागि प्रार्थना गरेका छन्।

प्रकाशित: ७ जेष्ठ २०८१ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App