१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै भेटिएनन्

भत्किएको पुल। तस्बिर: रोयटर्स

संयुक्त राज्य अमेरिकामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किँदा हराएका ६ जनाको अवस्था अझै अज्ञात रहेको छ। एक विशाल मालवाहक पानीजहाज पुलमा ठोकिँदा उक्त २.६ किलोमिटर भत्केको थियो। अमेरिकी कोस्ट गार्डले हराइरहेकाहरूको खोजी स्थगित गरेको छ। उनीहरूको मृत्युको आशंका गरिएको छ।

पानीजहाज बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काका लागि प्रस्थान गरेको डाली नामक पानीजहाज फ्रान्सिस स्कट पुलको एक खम्बामा ठोकिएको थियो।

स्थानीय समयानुसार मङ्गलबार राती ०१ः३० बजे सो दुर्घटना भएको थियो। त्यतिबेला सो पुलमा केही सवारीसाधन थिए। पट्याप्स्को नदीमाथि निर्माण गरिएको सो पुल २,६३२ मिटर लामो छ र यो पुल बाल्टिमोर बन्दरगाहसम्म पुग्छ।

अमेरिकाको राष्ट्रिय गानका रचनाकार फ्रान्सिस स्कट कीको सम्मानमा सो पुल निर्माण गरिएको थियो। सो पानीजहाजको विद्युत् आपूर्तिमा समस्या देखा परेको र दुर्घटना हुनुभन्दा केही बेरअघि चालक दलले संकट उत्पन्न भएको भन्दै सहयोग मागेका थिए।

दुर्घटनापछि कैयन ढुगा र र हेलिकोप्टरले उद्धारका कार्यमा परिचालन गरिएको थियो। बाल्टिमोरमा रहेको फायर डिपार्टमन्ट, अमेरिकी कोस्ट गार्ड र मेरिल्यान्डका अन्य निकायहरू सक्रिय रूपमा उद्धार कार्यमा खटिएका थिए।

अमेरिकी कोस्ट गार्ड अधिकारीका अनुसार नदीको चिसो पानी र त्यहाँ खसेको समयलाई विचार गर्दा हराइरहेकाहरु जीवितै रहेको सम्भावना कम छ। नदीमा खसेका मानिस पुलमा खाल्डाखुल्डी मर्मत गर्न खटिएका कामदार रहेका छन्। मालवाहक पानीजहाजमा चालक दलसहित २२ जना सकुशल छन्।

दुर्घटनामा परेको डाली नाम गरेको सो मालवाहक बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काको कोलम्बोका लागि २७ दिने यात्रामा हिँडेको थियो। तर यात्रा सुरु भएको एक घण्टा भित्रै ३ सय मिटर अग्लो उक्त पानीजहाज ४७ वर्ष पुरानो पुलको एउटा स्तम्भमा ठोकियाे। मध्यरातमा यात्रा सुरु गरेको पानीजहाजमा अकस्मात् बत्ती गएपछि अन्धकार छाएको थियो।

मेरिल्यान्ड ट्रान्सपोर्टेशनका सचिव पोल वीडफेल्डले इन्जिनियरहरूले अझै पनि उक्त पुल भत्किँदा भएको क्षतिको लेखाजोखा गरिरहेको बताएका छन्।

बाल्टिमोर फायर डिपार्टमन्ट प्रमुख जेम्स वालेसले दुई जनाको उद्धार गरिएको र ती मध्ये एकलाई स्थानीय ट्रमा सेन्टरमा पठाइएको बताएका छन्। 

उता, अमेरिकी राष्ट्रपति जो बाइडनले आफू सकेसम्म छिटो बाल्टिमोर जाने र खोज तथा उद्धारलाई प्राथमिकतामा राख्ने बताएका छन्। यसैगरी उनले यथाशक्य छिटो सो बन्दरगाह खोल्न र चाँडो उक्त पुल निर्माण गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १४ चैत्र २०८० १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App