१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा किसान आन्दोलनः दिल्ली तर्फ बढ्न खोजेका किसानमाथि प्रहरीको अश्रु ग्यास

तस्बिर सौजन्यः एएनआई।

भारतमा जारी किसान आन्दोलनको क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। सरकारसँग सहमति हुन नसके पछि भारतको राजधानी नयाँ दिल्ली तर्फ अघि बढ्न खोजेका किसानलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।

हरियाणा–पञ्जाब जोड्ने शम्भू बोर्डरबाट किसानहरूले बुधवार बिहान ‘दिल्ली जाऔँ’ मार्च सुरु गर्न खोज्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेको बीबीसीले जनाएको छ।

मार्च सुरु हुनभन्दा अघि किसानहरूलाई अश्रु ग्यासबाट जोगिन मास्क, पञ्जा र सुरक्षित कपडा बाँडिएको थियो।

प्रशासनको बैरिकेड र सिमेन्ट ब्लकलाई हटाउनका लागि झन्डै १४ हजार किसानले १२ हजार ट्रैक्टर तयारी अवस्थामा राखेका छन्।

केन्द्र सरकारले पाँच वर्षसम्म किसानले उत्पादन गरेका दाल, जौ, मकै र कपासको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने प्रस्ताव दिएको थियो। जसलाई किसानहरूले अस्विकार गरिदिएका थिए।

यसअघि पनि दिल्ली तर्फ बढ्न खोजेको किसानहरूको भिडलाई प्रहरीले रोक्न खोज्दा एक जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए।

यसैबीच भारतका केन्द्रिय कृषि मन्त्री अर्जुन मुन्डाले किसानलाई वार्ताका लागि पुनः आग्रह गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App