१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जुत्ता बाहिरै किन राख्ने?

यस्ताे पनि!

तपाईंको घरमा कोही पाहुना आयो भने उसको जुत्ता कहाँ हुन्छ? पक्कै पनि घरबाहिर एउटा जुत्ता राख्ने ठाउँ बनाउनुभएको हुन्छ।

तर अमेरिका तथा बेलायती कतिपय घरमा जुत्ता फुकाल्न उति जरुरी ठानिदैन। कारण के भने, प्रायः सडकमा कम हिँड्ने हुँदा जुत्ता फोहोर हुँदैन। त्यसैले उनीहरू घरका जुनसुकै ठाउँमा पनि बाहिर प्रयोग हुने जुत्ता घरभित्र सिधै छिर्ने गर्छन्।

पूर्वी देशमा भने घरबाहिर लगाएका जुत्ता मूलढोकाबाहिर नै खोल्नुपर्छ। त्यो भित्र जान सक्तैन। अँ, बढीमा मोज्जाचाहिँ घरभित्र छिर्न सक्छ।

पूर्वी देशमा यस्तो प्रचलनले सरसफाईमा दिइने महत्व दर्शाउने ग्याब्रिएला फिलिपेली बताउँछन्। अमेरिकाको इन्डियाना विश्वविद्यालयमा अर्थ साइन्सेजका प्राध्यापक उनी भन्छन्, ‘एसियाली र स्कान्डिनेभियन संस्कृतिमा जतिसुकै ठूलो अतिथि भए पनि उसले गोडाको जुत्ता बाहिरै फुकाल्नुपर्छ। यसमा कुनै सम्झौता हुँदैन।’

यसको फाइदा बुझेपछि पछिल्लो समय पश्चिमा मुलुकले पनि यस्तो नीति अपनाउन थालेका छन्। यसको फाइदाका बारेमा ग्याब्रिएला भन्छन्, ‘जुत्ताले नजाने केके किचिपिची पार्दै आएको हुन्छ। त्यहाँ इ–कोली र विषाक्त वस्तु पनि हुनसक्छ। त्यसैले तिनलाई बाहिर राख्नु बेस।’

अमेरिकाको एरिजोना विश्वविद्यालयमा माइक्रोबायलोजीका अध्यापक चाल्र्स गेर्बा जुत्तामा ९५ प्रतिशत घातक किसिमका ब्याक्टेरिया टाँसिएर आउने बताउँछन्।

 तीमध्ये त इ–कोली त एक चौथाई नै हुने गर्छन्। घरमा पार्टी दिइँदा यस पटक ३१ वर्षीय बेनले सारा ४० जना साथीहरूलाई बाहिरै जुत्ता खोल्न आदेश दिएका थिए। उनीहरू मोज्जामा मात्रै मेजबान बन्न आइपुगे। जुत्ता खोल्ने आदेशलाई धेरैले नराम्रो मानेन, यसपटक। यसको मूल कारण कोभिड १९ पछिको अवस्था पनि हुनसक्ने बेनको धारणा छ।

‘एसियाली संस्कृतिमा जुत्ता लगाएरै घर छिर्नुलाई अपमान गर्नुका अर्थमा लिइन्छ र त्यो कति गज्जबको संस्कृति रहेछ भनेर भर्खरै बुझ्न थालेका छौँ,’ अब्जर्भर पत्रिकासँग उनले भने। 

प्रकाशित: ८ फाल्गुन २०८० १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App