१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धाँधली गरेर जिताएको भन्दै सिट परित्याग गर्ने सांसदको घोषणा

पाकिस्तानका एकजना सांसदले आफूले जितेको सिट छाड्ने घोषणा गरेका छन्। गत साता पाकिस्तानमा भएको विवादास्पद निर्वाचनमा जितेका हाफिज नईम उर रहमानले जितेको सिट छाड्ने घोषणा गरेका हुन्।

बीबीसीका अनुसार हाफिजले मतदानको क्रममा आफूलाई जिताउनका लागि धाँधली भएको भन्दै सिट छाड्ने घोषणा गरेका हुन्।  

जमीयत–ए–इस्लामीका हाफिज प्रान्तीय विधानसभाको सिट नम्बर पीएस–१२९ बाट निर्वाचित भएका थिए। यो सिट पाकिस्तानको कराची सरहमा पर्छ।

रहमानले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफको समर्थनमा उम्मेदवार बनेका सैफ बारीले आफूभन्दा बढी मत ल्याएको तर, कुल मतमा उनको सङ्ख्या कम गरेर निर्वाचन मतपरिणाम घोषणा गरिएको रहमानले बताएका छन्।

उनले अवैध तरिकाले आफूलाई जिताउनका लागि गरिएको काम स्वीकार्य नहुने पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन्।

हाफिजलाई निर्वाचनमा २६ हजारभन्दा बढी मत प्राप्त भएको थियो भने स्वतन्त्र उम्मेदवार सैफलाई १३ हजार मत प्राप्त भएको थियो।

तर, पाकिस्तानको निर्वाचन आयोगले भने हाफिजको आरोपलाई अस्विकार गरेको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App