१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किसानहरूद्वारा आज भारत बन्दको आह्वान

भारतमा जारी किसान आन्दोलन अन्तर्गत आज भारत बन्दको आह्वान गरिएको छ। किसानका मागमा समर्थन जनाइरहेका संयुक्त किसान मोर्चासमेत विभिन्न किसान सङ्गठनहरूले आज एक दिनका लागि भारत बन्दको घोषणा गरेका छन्।

संयुक्त किसान मोर्चाले किसानका मागमा समर्थन जनाइरहेका सबै सङ्गठनहरूलाई भारत बन्द गर्न अपील समेत गरेको छ। किसान आन्दोलनमा भारतको ट्रेड र ट्रक युनियनले पनि समर्थन जनाएको छ।

बीबीसीका अनुसार हरियाणा र पञ्जाबबाट बन्दमा सहभागी हुन आउन लागेका किसानलाई सीमानामै रोकिएको छ।

आन्दोलनरत किसान र सरकारबीच विभिन्न चरणमा भएका वार्ताहरू पनि निस्कर्सबिहीन बनेका छन्।

दिल्ली तर्फ किसानहरूको जुलुश आउन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App