इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो।
इजरायली सेनाका अनुसार रिहा गराइएका दुबैजना बन्धक राम्रो स्थितिमा रहेको र मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ।
यसअघि प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले रफाहमा आक्रमण जारी रहेको र दर्जनौँ मानिसको मृत्यु भएको बताएको थियो।
इजरायलले पनि दक्षिणी गाजामा आक्रमण जारी राखेको बताएको थियो।
प्रकाशित: २९ माघ २०८० ११:४४ सोमबार