२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रमामा जापानको सफल अवतरण

जापान चन्द्रमामा अवतरण गर्ने विश्वको पाँचौ मुलुक बनेको छ। शनिवार जापानको अन्तरिक्ष एजेन्सीले सफल अवरतण गरेसँगै उ चन्द्रमामा पुग्ने विश्वको पाँचौ मुलुक बनेको हो।

बीबीसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सी जाक्साले अन्तरिक्षको आगामी खोज अभियानका लागि यो ठूलो कदम भएको बताएको छ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले चन्द्रमामा मून स्नाइपरको सफल अवतरण भएको जानकारी दिँदै स्पेसक्राफ्टसँग निरन्तर संवाद भइरहेको बताएका छन्। उनले चन्द्रमाको सतहमाथि ल्यान्ड गर्ने र संवाद हुनुलाई न्यूनतम सफलता बताएका छन्।

जापानभन्दा पहिले अमेरिका, पूर्व सोभियत यूनियन, चीन र भारतले चन्द्रमामा सफल अवतरण गरिसकेको छ।

प्रकाशित: ७ माघ २०८० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App