२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रयानको लर्को

यस्ताे पनि!

सन् १९७२ यता अमेरिकाले चन्द्रमामा यान पठाउन खासै चासो देखाएको थिएन। चीन र भारतले चन्द्रयान पठाउन कीर्तिमानमाथि कीर्तिमान बनाउन थालेपछि सुस्ताएको अमेरिका पुनः एक पटक जागेको छ।

यो वर्ष २०२४ मा नासाले व्यावसायिक उडानका लागि अन्य अन्तरिक्षसम्बन्धी निजी कम्पनीहरूसँग सहकार्य गर्ने भएको छ। यही फेब्रुवरीमा एउटा मानवरहित यान नासाले चन्द्रमामा उतार्ने छ।

जापानले पनि चन्द्रयान आउँदो फेब्रुवरीभित्र उतार्ने भएको छ। चीन र अमेरिकाले भने भविष्यमा मानिसको स्थायी आउजाउका लागि विश्रामस्थल बनाउने तयारी गरिरहेका छन्। भविष्यमा चन्द्रमामा बस्ती बसाल्ने उद्देश्यका साथ दुवै देशको तयारी व्यापक भइरहेको छ।

द वाल स्ट्रिट जर्नलका अनुसार, यस्तो कार्यका लागि नासा एक्लैले सम्भव नभएकाले निजी अन्तरिक्ष कम्पनीहरूलाई पनि सहकार्यका लागि आग्रह गरेको छ। यसपाला नासाले अन्य कम्पनीका सस्ता उपकरणहरू प्रयोग गर्नेछ र त्यसबापत ती कम्पनीलाई नासाले मोटो रकम प्रदान गर्नेछ। यसो गर्दा नासाको पैसा निकै जोगिने अपेक्षा गरिएको छ।

पृथ्वीबाट चन्द्रमा ३ लाख ८४ हजार ६ सय ३३ किमि टाढा छ। यति टाढाको यात्रा सफलतापूर्वक सम्पन्न गर्नु कति गाह्रो छ भन्ने कुरा यसअघि जापान र रुसको चन्द्रअभियान असफल भएबाट प्रस्टिन्छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २७ पुस २०८० ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App