४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

३४ वर्षीय गैब्रियल फ्रान्सका नयाँ प्रधानमन्त्री

फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटल नियुक्त भएका छन्। राष्ट्रपति इम्यानुएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटललाई चयन गरेका हुन्।

३४ वर्षीय ग्रैबियल वर्तमान सरकारको शिक्षा मन्त्री हुन्। एलिजाबेथ बोर्नले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गैब्रिएललाई उनको ठाउँमा जिम्मेवारी दिइएको हो।

बीबीसीका अनुसार फ्रान्सको इतिहासमा ग्रैबियल सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति समेत हुनेछन्।

यसअघि सोशलिस्ट नेता लरेन्ट फैबियस फ्रान्सका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका थिए। सन् १९८४ मा प्रधानमन्त्री बन्दा उनको उमेर ३७ वर्षको थियो।

गैब्रिएल समलैङ्गिक हुन् र उनी फ्रान्सको पहिलो गे प्रधानमन्त्री समेत बनेका छन्।

प्रकाशित: २५ पुस २०८० ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App