१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट: ६ जनाको मृत्यु, १४ जना घाइते

तस्बिर : सिन्ह्वा

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ। 

प्रहरीको गाडी नजिकै भएको विस्फोटमा पाँच प्रहरीसहित ६ जनाको मृत्यु भएकाे  प्रहरीले जनाएको छ। साथै कम्तीमा १४ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विस्फोटक पदार्थ बिछ्याइएको थियाे। जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्फोट गरिएको हाे।

घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २३ पुस २०८० १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App