१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्स सरकारका तीन मन्त्री बर्खास्त

माल्दिभ्स सरकारमा रहेका ३ जना मन्त्रीलाई बर्खास्त गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भारतविरुद्ध नकारात्मक टिप्पणी गरेका कारण माल्दिभ्सका महिला मन्त्री मरियम शिउना, युथ इम्पावरमेन्ट, इन्फोरमेसन एन्ड आर्ट्स मन्त्री महजुम माजिद र उपराज्य मन्त्री मालसा शरीफलाई बर्खास्त गरिएको हो।  

तीनैजना मन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्विप भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरेपछि माल्दिभ्स सरकारले उनीहरूलाई पदबाट बर्खास्त गरेको हो।  

माल्दिभ्सका पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीनैजना मन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका थिए भने विपक्षी दलले पनि मन्त्रीहरूको राजीनामा माग गरेको थियो।  

प्रकाशित: २३ पुस २०८० ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App