२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानव तस्करीको आशङ्कामा रोकिएको विमान ४ दिनपछि भारत पुग्यो

फ्रान्सले मानव तस्करीको आशङ्का गर्दै रोकेको भारतीय यात्रुवाहक विमान ४ दिनपछि भारत पुगेको छ। मानव तस्करीको आशङ्कामा फ्रान्सले भारतबाट २७६ यात्रु लिएर उडेको चार्टर विमान आज मात्रै भारतको मुम्बई अवतरण गरेको बीबीसीले जनाएको छ।

चार्टर्ड एयरबस ए ३४० यूएईबाट निकारागुआका लागि उडान भर्ने तयारीमा रहेको विमानमाथि मानव तस्करीको आशङ्का उत्पन्न भएको थियो। त्यसपछि दुबईबाट आउने ३०३ यात्रु सवार चार्टर फ्लाइटलाई बिहीवार फ्रान्सको पेरिसदेखि १३० किलोमिटर पूर्वमा अवस्थित वेट्री एयरपोर्टमा रोकिएको थियो।

पेरिसका अधिकारीहरूले गोप्य सूचना प्राप्त भएको र उक्त सूचनामा विमानमा केही यात्रु मानव तस्करीको जालोमा फसेको उल्लेख भएको पाइएपछि विमान रोकिएको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: १० पुस २०८० ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App