२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

तस्बिरः संयुक्त राष्ट्र सङ्घ।

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित भएको छ। मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव महासभाबाट बहुमतले पारित गरेको हो।

१९३ सदस्य रहेको राष्ट्र सङ्घको महासभामा उक्त प्रस्तावको पक्षमा १५३ मुलुकले मतदान गरेको थियो भने १० मुलुकले विपक्षमा मतदान गरेको थियो। जबकी २३ मुलुक अनुपस्थित थियो।

संयुक्त राष्ट्र सङ्घका अनुसार महासभामा इजिप्टले प्रस्तुत गरेको मस्यौदामा इजरायल–हमास सङ्घर्षमा तत्काल मानवीय युद्धविरामका साथै सबै बन्धकहरूलाई बिना सर्त रिहाइ गर्न भनिएको छ।

मस्यौदाको पक्षमा मध्यपूर्वमा अवस्थित मुलुकहरूले मतदान गरेका थिए भने अमेरिका, अस्ट्रेलिया, इजरायल, लाइवेरिया, ग्वाटेमाला, चेक रिपब्लिक, माइक्रोनेशिया, नाउरु, पराग्वे र पपुवा न्यू गिनिले विपक्षमा मतदान गरेका छन्।

गाजामाथि इजरायलले पछिल्लो समय आक्रमणलाई थप तीव्र बनाए पछि संयुक्त राष्ट्र सङ्घ लगायतले चिन्ता व्यक्त गरिरहेको छ।

इजरायली आक्रमणका कारण हालसम्म १९ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ४९ हजारभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: २७ मंसिर २०८० ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App