१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारको १७ दिन पछि उद्धार

भारतको उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारलाई १७ दिन पछि बाहिर निकालिएको छ।उत्तरकाशीमा बन्दै गरेको सुरुङ्गमा गत १२ नोभेम्बरका दिन काम गरिरहेका ४१ जना कामदार फसेका थिए। सुरुङ्गमा फसेका सबै ४१ जना कामदारलाई सकुशल उद्धार गरेर बाहिर निकालिएको बीबीसीले जनाएको छ।

बाहिर निकालिएका सबै कामदारलाई स्वास्थ्य संस्थामा राखेर उपचार सुरु गरिएको उत्तराखण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निर्माण काम गरिरहेको समय सुरुङ्ग भाँसिएको थियो। खाना, पानी, बिजुली समेत नहुँदा फसेका कामदार र उनका परिवार त्रासमा थिए। विभिन्न प्रयास पछि मङ्गलवार उनीहरूलाई बाहिर निकालिएको हो।

प्रकाशित: १३ मंसिर २०८० ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App