१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा-इजरायल युद्धविरामः ६१ वटा सहयोग सामग्रीसहितको ट्रक गाजा प्रवेश

तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ

हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्। बीबीसीका अनुसार खाना, पानी र आपतकालीन चिकित्सा सामग्रीसहित शनिवार उत्तरी गाजामा ६१ वटा ट्रकहरू पुर्‍याइएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, इजरायलमा अक्टुबर ७ मा हमासले गरेको आक्रमणपछि उत्तरमा पुग्ने यो सबैभन्दा ठूलो सहायता सामग्री हो।

हमास–इजरायल युद्धविरामको दोस्रो दिन ११ एम्बुलेन्स, तीन कोच र एउटा फ्ल्याटबेड गाजाको अल–शिफा अस्पतालमा पठाइएको पनि राष्ट्र सङ्घले जनाएको छ। 

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई सय ट्रक इजिप्टसँगको नित्जाना सीमानामा गइसकेको जानकारी दिएको छ। जसमा १८७ ट्रक शनिवार साँझ ७ बजेसम्म गाजामा प्रवेश गरिसकेको छ। १२९ हजार लिटर इन्धन पनि गाजा प्रवेश गरेको बताइएको छ।

अक्टुबर २१ यता गाजामा १ हजार ९४६ सहायता ट्रक पठाइएको पनि राष्ट्र सङ्घले जनाएको छ।  

प्रकाशित: १० मंसिर २०८० ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App