२७ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

इस्लामावाद – पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

ट्रम्पको यस्तो वयानपछि पाकिस्तानी सरकारले कडा विरोध जनाएको छ। पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफ भनेका छन्– ‘हामी चाँडै नै राष्ट्रपति ट्रम्पलाई जवाफ दिनेछौं। हामी दुनियाँलाई सत्य कुरा बताउनेछौं। तथ्य र काल्पिनिकबीचको फरक बताउनेछौं।’ लगत्तै इस्लामावादमा रहेका अमेरिकी राजदूत डेविड हलेलाई बोलाएर पाकिस्तान विदेश मन्त्रालयले ट्रम्पको ट्वीटको विरोध जनाएको छ।

यस्तै, पाकिस्तानी नागरिक पनि ट्रम्पको विरोधमा उत्रिएका छन्। अफगानिस्तानमा आफ्नो सैनिक फौज उतार्दासमेत अमेरिका असफल भएको र कमजोर देशलाई मात्रै दोषी देख्ने गरेको भन्दै पाकिस्तान आतंकवादीविरुद्ध लड्न सक्षम रहेको सन्देशसहित सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखिरहेका छन्।

ट्रम्पको विवादित ट्वीटपछि पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासीले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।

प्रकाशित: १८ पुस २०७४ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App