१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले क्यानडाका लागि बन्द गरेको ई–भीसा सेवा सुरु

भारतले क्यानडाका लागि बन्द गरेको ई–भीसा सेवा सुरु गरेको छ। गत सेप्टेम्बरमा भारतले बन्द गरेको भीसा सेवा झन्डै २ महिना पछि पुनः सुरु गरेको बीबीसीले जनाएको छ। क्यानडा र भारतबीच तनाव बढेपछि भारतले क्यानेडेली नागरिकका लागि ई–भीसा सेवा बन्द गरेको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको ब्रिटिश कोलम्बियामा १८ जुनमा भएको हत्यामा भारतको संलग्नता रहेको बयान दिएपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको थियो।  

विवाद उत्कर्षमा पुगेपछि दुबै मुलुकमा रहेका कुटनीतिक पदाधिकारीलाई फिर्ता जान दुबै मुलुकले चेतावनी दिइएको थियो।  

पछिल्लो समय दुबै मुलुकबीचको सम्बन्ध शान्त देखिएको छ।

प्रकाशित: ७ मंसिर २०८० ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App