१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिकको थुनछेक बहस आज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापाको थुनछेक बहस आज हुँदैछ।

काठमाडौं प्रहरीले आइतवार जिल्ला अदालत काठमाडौंमा पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापा र बेचन झालाई आइतवार अदालतमा पेस गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेले प्रतिकको आज थुनछेक बहस हुने बताए।

प्रतिकको यसअघि नै अनुसन्धान भएर अभियोजन भइसकेकाले अदालती बयान र त्यसपछि थुनछेक बहस हुन लागेको उनले बताए। थुनछेक बहसले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ।

यता अदालतले झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

बेचनको हकमा यसअघि स्पष्ट ठेगाना नखुलेकाले पर्याप्त अनुसन्धान हुन सकेको थिएन्। प्रहरीले अनुसन्धान गरेर उनीमाथि अभियोजन गरेपछि मात्र मुद्दा चल्नेछ।

प्रकाशित: १७ असार २०८१ ०८:३४ सोमबार

#pratik thapa #bhutani sharanarthi #bechan jha