१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

घरवारविहिनहरुको दुर्दशालाई ध्यान देउ: धर्मगुरु पोप

भ्याटिकन सिटी– क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले विभिन्न कारणले घरवारविहिन भएका मानिसहरुको दुर्दशालाई बेवास्ता नगर्न विश्वभरका रोमन क्याथोलिकहरुलाई आह्वान गरेका छन् ।भ्याटिकन सिटीमा क्रिशमश पर्वको पूर्वसन्ध्यामा आयोजित भिडलाई सम्बोधन गर्दै पोपले नेताहरुकै कारण आप्रवासी समस्या दिन प्रतिदिन बढ्दै गएको बताए ।

आप्रवासीहरुप्रतिको सम्मान ईसाइ धर्मको एक महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै पोपले ईसाइहरुको धार्मिक ग्रन्थ बाईबलको कथासँग आप्रवासीहरुको अवस्थालाई जोडेर वर्णन गरे । विश्वभर रहेका झण्डै एक अर्ब भन्दा बढी रोमन क्याथोलिकहरुका धर्मगुरु पोप फ्रान्सिस आफैँ पनि ईटलियन आप्रवासीहरुका सन्तान हुन् । विश्वभर आप्रवासीहरुको संख्या २ करोड २० लाखभन्दा बढी छ । हालैका महिनामा म्यानमारमा जारी सैन्य हिंसाबाट बच्न रोहिंज्या मुसलमान समुदाय शरणार्थी बन्नु परेपछि आप्रवासीको संख्या बढेको हो । 

प्रकाशित: १० पुस २०७४ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App