२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टुभालुका जलवायु शरणार्थीलाई अष्ट्रेलियाले शरण दिने

जलवायु परिवर्तनका प्रभावका कारण शरणार्थी बनेका टुभालुको नागरिकलाई अष्ट्रेलियाले शरण दिने भएको छ। 

प्रशान्त महासागरको पानीको सतह बढेको कारण टुभालु प्रायद्धिप डुबानको संकटमा छ। यो प्रायद्धिपमा ११ हजार २०० जनसँख्या रहेको छ। शरणार्थीलाई अष्ट्रेलियाले शरण दिने सँम्बन्धमा अष्टे«लियाका प्रधानमन्त्री एन्थोनी अल्वानेज र टुभालुका प्रधानमन्त्री काउसी नटानोका बिच शुक्रवार सम्झौता भएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री अल्वानेजले यो महत्वपुर्ण सहमती भएको बताए। यसैगरी टुभालुका प्रधानमन्त्री नटानाले यो सहमतिले टुभालुका नागरिकका लागि आशाको सञ्चार गरेको र यसले क्षेत्री स्थिरता र समृद्धी ल्याउने बताए। सम्झौता अन्तर्गत प्रतिवर्ष २८० जना टुभालु नागरिकलाई प्रवेशाज्ञा दिइनेछ र उनीहरुलाई अष्ट्रेलियमा बस्ने र काम गर्न अनुमति हुनेछ।

जलवायु चुनौतीका कारण अन्य राष्ट्रका नागरिकलाई शरणार्थी स्विकार गरिएको पहिलो घटना रहेको अष्ट्रेलियन व्रोडकास्टिङ कर्पाेरेशनले जनाएको छ।

‘प्रशान्त क्षेत्रको परिवारका हिसाबले यो हाम्रो जिम्मेवारी हो,’ अल्वानेजले भनेका छन्। यो सहमतीसँगै अष्ट्रेलियाले जलवायु कार्य र सुरक्षाका लागि पनि टुभालुलाई सहयोग गर्ने भएको छ। अष्ट्रेलियाले जलवायु अनुकूलनका लागि टुभालुलाई १ करोड ६९ लाख अमेरिकी  डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

समुन्द्र सतहमा भएको बढोत्तरीका कारण सर्वसाधारणको सुरक्षा गर्न टुभालुलाई चूनौती रहदै आएको छ। सेप्टेम्बरमा जलवायु परिवर्तनका कारण भौतीक जमीन नष्ट भए भए टुभालु राज्यको हैसियत कायम रहीरहने व्यवश्था सहित टुभालुले संविधान संसोधन गरेको थियो। बिबिसी

प्रकाशित: २४ कार्तिक २०८० ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App