२९ असार २०७७ सोमबार
अन्तर्राष्ट्रिय

रोबर्ट मुगाबे : नायक कि खलनायक ?

जोसेप विन्टर, बिबिसी
धेरैका लागि रोर्बट मुगाबे एउटा नायकका रूपमा रहिरहेन छन्, जसले जिम्बावेलाई स्वतन्त्र बनाउँदै अल्पसंख्यक श्वेतहरूको शासनलाई सधैंका लागि समाप्त गरिदिए । जसले उनलाई शक्तिबाट पर हुत्याए तिनले पनि मुगवोलाई भन्दा पनि उनकी पत्नी ग्रेस मुागबे र उनको आसपासको ‘अपराधी’ लाई दोष दिन्छन् ।

जिम्बाबेका नवनियुक्त राष्ट्रपति एमरसन मनानगावाले ३७ वर्ष शासन गरेका पूर्व राष्ट्रपति रोर्बट मुगाबेलाई उनका कमजोरीहरूका अतिरिक्त राष्ट्र निर्माताका रूपमा उल्लेख गरेका छन् ।

उच्च शिक्षा हासिल गरेका चतुर राजनीतिज्ञ मुगावेलाई पछिल्लो समयमा बढ्दै गरेका उनका आलोचकहरूले अफ्रिकी तानाशाहका रूपमा चित्रण गर्दै आएका थिए । आफ्नो शक्ति र सत्तालाई जोगाइराख्न सम्पूर्ण राष्ट्रलाई ध्वस्त पारेको आरोप पनि उनीहरूले मुगावेलाई लगाउँदै आएका थिए ।
आफ्नो दीर्घकालीन सहयात्री  उपराष्ट्रपति एमसरन मनानगावालाई पदच्यूत गरेर आफ्नी कान्छी श्रीमती ग्रेस मुगावेलाई पदस्थापन गर्ने कदमपछि मुगावेले राजनीतिक विश्वास गुमाएका थिए । अन्ततः उनलाई साथ दिइरहेको सुरक्षा संयन्त्रले उनको साथ छोडिदिएको थियो ।
यस अघिका राजनीतिक उथलपुथलबाट मुगावे जसोतसो जोगिँदै आएका थिए । तर ९३ वर्षको उमेरमा आफ्नो घट्दो शक्तिसँगै उनका पूर्व सहकर्मी एमरसन मनानगावा नै उनीभन्दा शक्तिशाली दरिए ।
सन् २००८ को निर्वाचनअघि मुगावले भनेका थिए, ‘यदि कसैलाई जनताले मन पराउँदैनन् र ऊ निर्वाचनमा पराजित हुन्छ भने त्यो राजनीति छोड्ने समय आएको हो भन्ने बुझ्नुपर्छ ।’ मुगावेले भगवानले मात्रै आफूलाई राष्ट्रपतीय कार्यालयबाट हटाउन सक्ने बताएका थिए ।
तर  प्रथम चरणको निर्वाचनमा मोर्गन च्याङ्राई  विजयी भएपछि आफू शक्ति र सत्तामा रहन उनले हिंसाको राजनीति गरे । सुरक्षा निकायमा पकड जमाएका मुगावेको सो कदमपछि आफ्ना सहयोगीहरूलाई जोगाउन मोर्गन च्याङ्राईले दोस्रो चरणको निर्वाचनबाट पछि हट्न बाध्य हुनुप¥यो । यद्यपी मुगावेले आफ्नो चिरकालीन प्रतिद्वन्दी च्याङ्राईसँग चार वर्ष सत्ता साझेदारी गर्नुप¥यो र उनी आफू भने राष्ट्रपति बनिरहे । मुगावे सन् २०१३ को निर्वाचनमा विजयी भए भने उनीसँग चार वर्ष सत्ता साझेदारी गर्ने क्रममा च्याङ्राईले विश्वसनीयता गुमाए ।
सन् १९७० को दशकको गुरिल्ला युद्धबाट आफ्नो छवि उज्जिल्याएका मुगावेले युद्धमा गरेको योगदानको प्रतिफलस्वरुप जिम्बावेमा ३७ वर्ष लामो राष्ट्रपतीय शासन चलाइरहे । उनको ऊ बेलाको र अहिलेको दृष्टिकोण उही छ । देशको शत्रु भनेको औपनिवेशवाद र पुँजीवाद नै हुन् । आलोचकहरू ‘राष्ट्रघाती र दलाल’ नै हुन् ।
उनले जहिल्यै आफूमाथि बेलायतको अगुवाइमा युरोपेली मुलुकहरूले निशाना बनाउने  गरेको आरोप लगाउँदै आएका छन् । आफूले अल्पसंख्य गोराहरूको जमीन अधिग्रहण गरेकोले आफूमाथि सधैं षड्यन्त्र हुने गरेको उनको भनाइ रहन्थ्यो । तर आलोचकहरूले भने मुगावेमा आधुनिक अर्थतन्त्रको ज्ञान नभएको व्यक्ति तथा सदा राष्ट्रिय सम्पत्ति र स्रोतलाई कसरी कुम्ल्याउने ध्यानमा रहने व्यक्तिका रूपमा चित्रण गर्दै आएका छन् ।
सन् २००८ को निर्वाचनमा पहिलोपटक आफूमाथि कडा चुनौती आइलागे पछि उनले दशकौं अघि गुरिल्ला युद्ध गर्दा अपनाएको शैली पछ्याउँदै निर्वाचनको रणनीतिका रूपमा व्यक्तिगत सैन्य दस्ता निर्माण गरे । जसलाई राष्ट्रिय सेनाको पनि सहयोग रह्यो । उक्त दस्ताको उद्देश्य नै हत्या–हिंसालाई बढावा दिनु थियो । सन् २००८ को निर्वाचनका बेला पनि उनले त्यस्तै ‘गुरिल्ला युद्ध’ रणनीति अपनाउँदै मोर्गन च्याङराईलाई पछि हट्न बाध्य पारेका थिए ।
साथै, आवश्यक पर्दा राष्ट्रिय सुरक्षा संयन्त्र, कर्मचारीतन्त्र, सरकारी सञ्चारमाध्यमलाई सत्तासीन राजनीतिक दल ‘जानु–पिएफ’ को सेवामा खटाइन्थ्यो र निर्वाचनमा कम मत खस्ने वातावरण बनाइन्थ्यो ।
पूर्व शिक्षक मुगावेको एउटै मात्र स्मरणयोग्य योगदान भनेको शिक्षाको विस्तार नै हो । उनको ३७ वर्षे कार्यकालमा जिम्बावेको साक्षरता दर ८९ प्रतिशतसम्म पुगेको थियो ।
जिम्बावेका राजनीतिशास्त्री मिसापुला सिथोलले मुगावेबारे टिप्पणी गर्दै भनेका थिए, शिक्षाको विस्तार गरेर मुगाव आफैंले आफ्नो खुट्टामा बञ्चरो हानेका छन् । अफ्रिकी धार्मिक नेता डेसमण्ड टुटुले ‘मुगावे अफ्रिकी तानाशाहको कार्टुन चरित्र’ भएको बताएका थिए ।
धेरैले मुगावेभन्दा ४० वर्ष कान्छी उनको दोस्रो श्रीमती नै उनको पतनको कारक भएको बताउँदै आएका थिए ।
क्रान्ति पूरा भएपछि पदबाट हट्ने बताउँदै आएका मुगावेले अल्पसंख्य श्वेतहरूको भूमि पुर्नवितरणको कुरासँगै आफ्ना दल ‘जानु–पिएफ’ का नेताहरूलाई मात्रै अघि लगाउने रणनीति अपनाए ।
कुनैबेलाका मुगावेका नजिकका तर पछि उनीबाट दूर भएका राजनीतिज्ञ डिडाइमस मुटासाले एक पटक भनेका थिए– राजाको मृत्युमा मात्रै नयाँ राजा पुर्नस्थापना गरिन्छ । मुगावे हाम्रा राजा हुन् ।
तर मुगावेकै निकटवर्तीहरू पनि जिम्बावेलाई शक्ति र सत्ता एउटै परिवारमा सीमित पार्ने राजतन्त्रको पक्षमा थिएनन् ।
(अनुवादः महेश्वर आचार्य-अशोकराज पाण्डे)

प्रकाशित: १० मंसिर २०७४ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App