coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी पत्रकार चार्ली निलम्बित

वासिङटन–  अमेरिकी  टेलिभिजन पत्रकार ७५ वर्षीय चार्ली राेजलार्इ  ८ महिलाहरूलाई यौन दुर्व्यवहार गरेकाे अाराेप लागेपछि गरेकोमा निलम्बन गरिएको छ। 

अमेरिकाको प्रख्यात टेलिभिजन च्यानल सिबिएसमा कार्यरत्त उनीमाथि ८ महिलाहरूलाई यौन शोषण गरेको आरोप लागेको छ। द वासिङटन पोष्टमा प्रकाशित एक लेखका अनुसार उनीमाथि यौन उत्पीडनको आरोप लागेको हो । 
८ महिलाहरू मध्ये केही उनका पूर्व कामदार रहेको वासिङटन पोष्टमा उल्लेख गरिएको छ । उनले जथाभावी रूपमा ती महिलालाई छुने गरेको समेत खुलेको छ। 

रोजले सन् १९९० देखि २०११ सम्ममा २१ देखि ३७ वर्ष उमेर समूहका महिलाहरू माथि यौन शोषण गरेका थिए । करिब ४ दशकको पत्रकारिता क्षेत्रको कार्य अनुभवमा उनले विभिन्न समयमा गरी विभिन्न ८ महिलाहरू माथि यौन शोषण गरेका हुन्। 

सन् २००५ देखि २००६ सम्म चार्लीको सहयोगी भइ काम गरेकी मेगान क्रिटीनले आफूमाथि रोजले विभिन्न अभद्र व्यवहार गरेको बताएकी छिन्। 

रोजले आफूले जानीजानी कुनै पनि महिला सहकर्मी माथि त्यस्ता अभद्र व्यवहार नगरेको बताएका छन् । उनले आफूले ती महिलाहरूसँग जोडिएर आफूमाथि लागेका सबै आरोपहरू भने स्वीकार गर्न आफू तयार नभएको बताएका छन् ।

आफ्ना गतिविधिहरू त्यतिबेला गलत नलागेका भएतापनि अहिले विगत आफ्ना गतिविधिबाट आफूलाई पछुतो भएको उनी बताँछन्। 

अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरुमाथि यौन दुव्र्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा यौन दुव्र्यवहार गरेको आरोप खेप्ने सार्वजनिक व्यक्तित्वहरूको संख्या बढ्दै गएको छ। 

कलाकारहरू केभिन स्पेसी र डस्टिन हफमेनले यौन दुव्र्यवहारको आरोप लागेपछि माफी समेत मागिसकेका थिए। 
नेशनल पब्लिक रेडियो (एन.पी.आर) का वरिष्ठ सम्पादक माइकल अरेक्सले आफूमाथि महिला सहकर्मीलाई यौन दुव्र्यवहारको आरोप लगाएपछि आफ्नो पदबाट राजिनामा दिएका छन्। 

हलिउड निर्माता हार्वी वाइन्टिनले गरेको दुव्र्यवहार विरुद्ध थुप्रै महिलाहरूले आवाज उठाएपछि पछिल्लो समयमा अन्य महिलाहरूले पनि सामाजिक सञ्जालहरूमा यौन दुव्र्यवहार बारे आवाज उठाइरहेका छन् । 

बंगलादेशका एक रिक्सा चालकले मुलुकका चर्चित अभिनेता शाकिव खानले आफ्नो फोन नम्बर प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । यसले उनको वैवाहिक जीवनमा समेत खटपट ल्याएको थियो ।  अदालतले यस विषयमा १८ डिसेम्बरमा अदालतमा सुनुवाई हुने बताइएको थियो। 

प्रकाशित: ७ मंसिर २०७४ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App