१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन मेल डिपोमा रुसी हमलामा ६ को मृत्यु

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

शनिबार रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका ६ जना कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ।  'अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता ट

र्मिनलभित्र थिए', खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, 'मारिने र घाइतहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो।'

घाइतेको अस्पतालमा उपचार भइरहेको छ। गभर्नर सिनेगुबोभका अनुसार  सात जनाको अवस्था गम्भीर छ। 'चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्', उनले भने। 

प्रकाशित: ५ कार्तिक २०८० १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App