१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ–चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्। 

उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। 

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ। आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो। 

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन्। सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान सुरु गरिएको र यसमा संलग्नताको आशङ्कामा केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ। 

प्रकाशित: ३ मंसिर २०७४ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App